Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गोरु जुधाउन दलीय भागबण्डामा समिति गठन – Gaule Khabar

गोरु जुधाउन दलीय भागबण्डामा समिति गठन

गोरु जुधाउन दलीय भागबण्डामा समिति गठन

नुवाकोट,पुस ९-

नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि दलीय भागबण्डामा ‘गोरु जुधाई मेला व्यवस्थापन समिति’ गठन गरिएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भागबण्डाका आधारमा समिति गठन गरिएको छ । तारुकामा भएको भेलाले दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो । शाक्य कांग्रेस गाउँपार्टीका सचिव हुन् ।

सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहेका छन् । एकाधबाहेक उनीहरु दलीय प्रतिनिधि हुन् ।

भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । ढुंगाना माओवादी केन्द्र निकटका हुन् ।समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ ।

तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ ।

यसैबीच नुवाकोटकै बेत्रावतीमा पनि गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए ।

फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका