काठमाडौं, पुस ९–
थारु कल्याणकारीणी सभाले आज (शनिबार) ‘थारु विद्यार्थी सभा’ गठन गर्दैछ ।
देश भरिका थारु विद्यार्थीहरुको हक हित अधिकार प्राप्ति र संरक्षणका लागि अवाज बुलन्द गर्न थारु कल्याणकारिणी सभाले ‘थारु विद्यार्थी सभा’ केन्द्रीय कार्यसमिति गठन गर्न लागेको हो ।
आज ट्रली बस कार्यालय परिसर, नयाँ बानेश्वरमा भेला हुने र सो भेलाबाट सभा घोषणा गरिने छ । थाकसले उपत्यकामा अध्ययनरत सम्पूर्ण थारु विद्यार्थी, बुद्धिजिवी र थारुसंग सम्बन्धित सम्पूर्ण पदाधिकारी, सदस्य, शुभ चिन्तक सबैमा उपस्थिति भईदिन आग्रह समेत गरेको छ ।
कार्यक्रममा थाकसको केन्द्रिय उपाध्यक्ष प्रेमीलाल चौधरी, कोषाध्यक्ष जय राम पंजियार, केन्द्रिय समितीका सदस्यहरु रामलाल चौधरी, धर्मलाल चौधरी, नेम सिंह थारु, मानबहादुर चौधरीलगायत थाकसको सम्पुर्ण केन्द्रिय समितीको पदाधिकारीहरु उपस्थित हुने छन् । त्यस्तै थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरी,शिक्षा सभा र महिला सभाको अध्यक्षहरुको समेत उपस्थिती रहने छ ।