Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भ्रष्टाचार नियन्त्रणबारे विद्यार्थीसंग अन्तरक्रिया – Gaule Khabar

भ्रष्टाचार नियन्त्रणबारे विद्यार्थीसंग अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रणबारे विद्यार्थीसंग अन्तरक्रिया

चितवन, पुस ८–

भ्रष्टचार नियन्त्रणमा विद्यार्थीले खेल्न सक्ने भुमिका र गर्नुपर्ने प्रयासबारे रत्ननगरमा सहजीकरण गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको आयोजनामा रत्ननगर–१४ स्थित द्धारिका दास माविमा भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भुमिका र सामुदायिक शिक्षा विषयक अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका सूचना अधिकृत एवं नेपाल सरकारका उपसचिव नरेन्द्रप्रसाद भट्टराईले भ्रष्टचार के हो, कहाँ–कहाँ भ्रष्टाचार हुन सक्छन र कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सहजीकरण गरेका थिए । उनले सहभागीबाट उठेका जिज्ञासाहरुको जवाफ दिदै भ्रष्टचार नियन्त्रणका लागि विद्यार्थी, शिक्षक, अभिभावकहरुको पनि ठुलो भुमिका रहने बताए ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका प्रमुख मित्रलाल रेग्मीले अहिलेको विद्यार्थी नै भोलीको कर्मचारी, नेता, प्रशासक वा अन्य शिक्षित वर्ग हुने भएकाले उनीहरुमा भ्रष्टाचार नियन्त्रण बारे ज्ञान हुनु आवश्यक रहेको बताए । विद्यार्थीमाझ भ्रष्टाचार र भ्रष्टार नियन्त्रणबारे सचेतना जगाउनकै लागि देशब्यापी रुपमा एक जिल्लाको एक बिद्यालयमा यस्ता कार्यक्रमको सञ्चालन गरिरहेको उनले बताए । यसैबीच जिल्ला शिक्षा कार्यालय चितवनका सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँले शिक्षाकै माध्यमबाट भ्रष्टाचार नियन्त्रण हुन सक्ने भएकाले बिद्यालयमा यस्ता कार्यक्रम हुने निकै राम्रो भएको बताए । त्यस्तै बिद्यालय निरिक्षक रामकृष्ण सिम्खडाले अख्तियारको यस्तो कार्यले बिद्यालयहरुमा हुने अनियमितता नहुने र आउने बजेटहरु पनि सदुपयोग हुने बताए ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी नारायण पौडेल, द्धारिका दास माविका प्रधानाध्यापक नेत्र प्रसाद घिमिरे, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्ग प्रसाद धमला विभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरुले बोलेका थिए । ८० जना सहभागि रहेको कार्यक्रममा जिल्लाका विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलगायतले भ्रष्टाचार र अख्तियार बारे जिज्ञासा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका