Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोकमानलाई कालो मोसो दल्नेलाई सात दिन थुन्न अनुमति – Gaule Khabar

लोकमानलाई कालो मोसो दल्नेलाई सात दिन थुन्न अनुमति

लोकमानलाई कालो मोसो दल्नेलाई सात दिन थुन्न अनुमति

काठमान्डौं,पुस ८-

अख्तियारका निलम्बित प्रमुख कार्कीमाधि आक्रमण गर्दै कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ । र, अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।

प्रशासनले ७ दिन म्याद थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रद्युम्न कार्कीले बताए ।

विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्बोच्च अदालतभित्रै लोकमानलाई आक्रमण गर्दै कालोमोसो दलिदिएका थिए । कालोमोसो दल्ने दाङका शाही र रुकुमका बुढा दुबैलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।

सार्वजनिक अपराधको अभियोग प्रमाणित भएमा एक वर्षसम्म कैद सजाय हुनसक्छ । तर, कार्कीले भने दुबैलाई अवोध कारिन्दा भन्दै विना कारबाही छाड्न प्रहरीलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका