Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बयासी वर्षीयाको बिजोग न खाने अन्न, न लगाउने कपडा – Gaule Khabar

बयासी वर्षीयाको बिजोग न खाने अन्न, न लगाउने कपडा

बयासी वर्षीयाको बिजोग न खाने अन्न, न लगाउने कपडा

बेनी (म्याग्दी ), पुस ७ –

भएको सम्पत्ति लोग्नेले बेचेर सकेपछि घरबारविहीन बनेकी म्याग्दीकी एक ८२ वर्षीया वृद्धा खाने अन्न र ओढ्ने कपडा नहुँदा अर्काको घरमा भोकै जाडोमा कठ्याङ्ग्रिएर रात र दिन कटाउन बाध्य हुनु भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–४ खबरा, पिपलडाँडाकी ८२ वर्षीया इन्द्रकली भण्डारी बगरफाँट बाङ्गेरामा अरूको घरमा एक्लै, भोकभोकै र कपडाको अभावमा पुसको जाडोमा कठ्याङ्गिँ्रदै बाँच्न बाध्य हुनु भएको हो । १० वर्षअघि श्रीमान् प्रेमबहादुर भण्डारीले खबरामा रहेको सम्पूर्ण सम्पत्ति बेचेर सकेपछि घरबारविहीन हुनु भएकी भण्डारी ९ वर्षअघि श्रीमान्को समेत मृत्यु भएपछि एक्लै अर्काको घरमा कोठी मागेर बस्नुभएको छ । भण्डारीले आफ्ना छोराछोरी र कतै आफन्त पनि नभएको बताउनुभयो ।

बेनी नगरपालिका–४ बाङ्गेरामा लक्ष्मण बोगटीको घरको कोठीमा आश्रय लिएकी भण्डारी खाने खर्च नभएपछि पाँच दिनदेखि अरूले दिएको अन्न एक छाक मात्र खाएर बसेको बताउनुहुन्छ ।

“आज पाँच दिन भयो, एक छाक मात्र खाएर बसेकी छु, आफ्नो खेतबारी केही छैन, किनेर खाने पैसा पनि छैन, अरूले दया गरेर दिएको खानेकुरा फारु गरेर एक छाक मात्र खान्छु”, रासससँग भण्डारीले भन्नुभयो ।

वृद्धा भण्डारीले सहृदयी व्यक्ति र सङ्घसंस्थासँग जाडो कटाउनका लागि केही कपडा र खानेकुरा सहयोग गरिदिन समेत आग्रह गर्नुभएको छ । “म बेसहारा छु, न सम्पत्ति छ, न आफन्त कोही छन्”, भण्डारीले गहभरि आँसु निकालेर भन्नुभयो, “म बूढीलाई कसैले सहयोग गरे धेरै धेरै आशिष लाग्ने थियो ।” – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका