Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
साधारणसभा प्रति क्रिकेट समर्थक समाजको आपत्ति – Gaule Khabar

साधारणसभा प्रति क्रिकेट समर्थक समाजको आपत्ति

साधारणसभा प्रति क्रिकेट समर्थक समाजको आपत्ति

काठमाडौं, पुस ६–

राष्ट्रिय खेलकुद परिषद्बाट अवैधानिक ठहरिएको नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा मंगलबार साधारणसभा गरेकोप्रति नेपाली क्रिकेट समर्थक समाजले गम्भिर ध्यानाकर्षण जनाएको छ ।
आज (बुधबार) सचिव बिमल पौडेलद्धारा जारी विज्ञप्तीमा आफैले मान्यता नदिएको क्यानको साधारणसभामा उपस्थित भएका आफ्ना कर्मचारीहरुलाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद्संग माग गरेको छ । समाजले सम्मानित अदालतमा आफैले मुद्धा दायर गरेर निर्णय नआईसकेको अवस्थामा नेपाली क्रिकेटलाई निकास दिन आईसिसि, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रयासलाई चुनौती दिने उद्देश्यले अबैधानिक रुपमा गरिएको साधारणसभा प्रति आपत्ति जनाएको छ । साथै एकै वर्षमा दुई पटक साधारणसभा गरेर ताण्डव नृत्य देखाउनु खोज्नु नेपाली क्रिकेटको अवमुल्यन गर्न खोज्नु भएको समाजले ठहर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका