चितवन, माघ २०–
सञ्चारकर्मी ज्ञानेन्द्र तामाङ सम्मानित भएका छन् । नेपाल तामाङ घेदुङ मकवानपुर ४ नं. क्षेत्रीय कमिटिले उनलाई पत्रकारितामार्फत तामाङ समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
पश्चिम मकवानपुरको मनहरीमा चलिरहेको मनहरी महोत्सवको अवसरमा घेदुङले आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम तथा तामाङ प्रतिभा सम्मान कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
समाजलाई सुसुचित गराउने सञ्चारमाध्यममा तामाङ समुदायको उपस्थित शुन्य रहेको अवस्थामा तामाङले लामो समयदेखि खेलिरहेको भुमिका प्रशंसायोग्य रहेको घेदुङका अध्यक्ष टंकबहादुर मुक्तानले बताए । उनले तामाङको सञ्चारकर्ममा तामाङलाई प्रोत्साहन मिलोस भन्ने उद्देश्यले सम्मान प्रदान गरेको बताए । उनीसँगै मकवानपुरका पत्रकार दिल रुम्बा र अशोक सिन्तान पनि सम्मानित भएका छन ।
सञ्चारकर्मी तामाङ हाल रिलेशन एफएम ८८ मेगाहर्ज टाँडीमा समाचार प्रमुखको रुपमा कार्यरत छन् । विगत ७ वर्षदेखि चितवनका सञ्चारमाध्यममा क्रियाशील उनी हाल रेडियोसँगै विभिन्न डिजिटल पत्रिकाहरुमा आवद्ध छन् ।