WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoVzOWcysSC0oNVhztsWwXcxGLvYh4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:17:12', '', 'admlnlx', 'admlnlx')
गुल्मी,पुस ६-
नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बिमलेन्द्र निधिलाई गुल्मीका कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव फिर्ता नभए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
नेपाली सेनाको हेलिकोप्टर चढेर व्यक्तिगत कामका लागि गुल्मी पुगेका कांग्रेस नेता एवम् गृहमन्त्री निधिलाई जिल्ला कांग्रेस जिल्ला सभापति श्रेष्ठले गुल्मीका जनताको माग सम्बोधन नभए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् ।सभापति श्रेष्ठ नै आन्दोलन संघर्षसमितिका संयोजक हुन् । सरकारले व्यवस्थापिमा संसदमा संविधान संशोधन विधेयक दर्ता गरेपछि गुल्मीमा जारी आन्दोलन तीन सातादेखि लगातार चलिराखेको छ ।
निधिले भने पार्टी निर्देशन विपरित आन्दोलनमा नलाग्न निर्देशन दिएका छन् । निधि गुल्मी पुग्दा त्यहाका स्थानीय महिलाले चर्को विरोध गरेका छन् ।व्यक्तिगत काम लिएर गृहमन्त्री निधि रक्षामन्त्री बालकृष्ण खाँड, वनमन्त्री शंकर भण्डारीसहितको टोली लिएर गुल्मी आएको हो । टोली गुल्मीबाट फर्किइसकेको छ ।