Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पूर्वाधार क्षेत्र विकास कार्यक्रमको बजेटको ठूलो हिस्सा सडकमा – Gaule Khabar

पूर्वाधार क्षेत्र विकास कार्यक्रमको बजेटको ठूलो हिस्सा सडकमा

पूर्वाधार क्षेत्र विकास कार्यक्रमको बजेटको ठूलो हिस्सा सडकमा

फलेवास (पर्वत),पुस ६ –

पर्वत जिल्लाबाट निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत बजेट विनियोजनमा सडक निर्माण तथा मर्मत कार्यलाई प्राथमिकता दिएका छन् ।

जिल्लाको क्षेत्र नं १ बाट निर्वाचित सांसद अर्जुनप्रसाद जोशी र क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्सालले सडकको स्तरोन्नति तथा निर्माण कार्यमा जोड दिनुभएको हो ।
सांसद जोशीले सडकतर्फ रु एक करोड २६ लाख बजेट विभिन्न शीर्षकमा विनियोजन गर्नुभएको हो भने सांसद लम्सालले रु एक करोड ३० लाख रकम सडकतर्फ विनियोजन गर्नुभएको हो । जोशीले सबैभन्दा धेरै लुङ्गदी–भोटेडाँडा–रातमाटा–कुवापानी–पातलखर्क–दीप सडक योजना नामाकरण गरी रु ४० लाख र वारीवेनी–बाँसखर्क–वनवडे सडकखण्डमा रु १२ लाख बजेट विनियोजन गर्नुभएको छ ।

दश लाखभन्दा कमको योजना छनोट गर्न नपाइने प्रावधानले विभिन्न आठ सडक शीर्षक तोकेर करिब ३० सडक योजनामा सो बजेट विनियोजन भएको हो । माग पेस गर्ने क्रममा अत्यधिक माग सडक निर्माण तथा स्तरोन्नतितर्फकै भएकाले सबैको मागलाई सम्बोधन गर्न विभिन्न शीर्षक बनाएर रकम विनियोजन गरेको सांसद जोशीले बताउनुभयो ।
उहाँले शिक्षातर्फ रु २८ लाख र सिँचाइ पूर्वाधारतर्फ रु ३६ लाख रकम विनियोजन गर्नुभएको छ । । रु ३६ लाखमध्ये सांसद जोशीले रु १० लाख पाङ्ग कालीगण्डकी लिफ्ट सिँचाइ योजनाका लागि विनियोजन गर्नुभएको छ ।

त्यस्तै खानेपानी पूर्वाधारतर्फ रु ३० लाख, सामुदायिक भवनतर्फ रु ३० लाख, धार्मिक सांस्कृतिक पूर्वाधारतर्फ रु १५ लाख, खेलकुदतर्फ रु १५ लाख र अन्य पूर्वाधारतर्फ रु २० लाख रकम विनियोजन गरिएको छ ।
त्यस्तै पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्सालले सडकतर्फ रु एक करोड ३० लाख विनियोजन गर्नुभएको छ । उहाँले बाच्छा–फोक्सिङ्ग हुँदै भोक्सिङ–सरौँखालासम्मको सडकमा रु ४० लाख विनियोजन गर्नुभएको छ । यो सबै ठूलो बजेट हो ।

सांसद लम्सालले शिक्षातर्फ रु ५० लाख, खेलकुद पूर्वाधार निर्माणतर्फ रु १६ लाख, सामुदायिक भवन निर्माणतर्फ रु ३९ लाख, कृषि तथा पशु फर्म पूर्वाधार निर्माणतर्फ रु १२ लाख, सिँचाइ कुलो निर्माण आयोजना रु १० लाख, ग्रामीण विद्युतीकरणतर्फ रु २३ लाख, खानेपानीतर्फ रु १० लाख र सञ्चारतर्फ रु १० लाख रकम विनियोजन गर्नुभएको छ ।
अर्का समानुपातिक सांसद कल्पना चापागार्इंले आफूले विनियोजन गर्न पाउने रु ५० लाख रकम संस्कृति संरक्षणलाई प्राथमिकता दिनुभएको छ – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका