एजेन्सी,पुस ५-
एक बन्दुकधारीले रुसी राजदूत एन्ड्रेइ कार्लोफको गोली हानी हत्या गरेका छन्। टर्कीको अंकरास्थित दंगा नियन्त्रणमा खटिने प्रहरीले नै राजदूतको हत्या गरेको खुलासा भएको छ ।
उनी दंगा नियन्त्रणमा इकाइका २२ बर्षीय प्रहरी अधिकारी भएको खुलेको भए पनि उनी कुन समूहसँग आबद्ध थिए भन्ने खुल्न नसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘टर्कीशहरुको नजरमा रुस’ शीर्षकको फोटो प्रदर्शनीमा सहभागी भएका राजदूत भाषण गर्न मञ्चमा पुगेको बेला ति युवाले गोली हानेका थिए । पछाडिबाट गोली लागेपछि राजदूत मञ्चमै ढलेका थिए । गोली प्रहारपछि सिरियाको अलेप्पो शहरसँग सम्बन्धित नारा अरबी र टर्किस भाषामा नारा लगाएको भिडियोमा सुन्न सकिन्छ ।
ती व्यक्तिले ‘अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स’ भन्दै नारा लगाएका थिए । उनले भगवान महान छन् भन्दै अरबी भाषामा समेत बोलेको सुन्न सकिन्छ।
सुरक्षाकर्मीले बन्दुकधारीलाई तत्काल गोली हानी मारेको उल्लेख गरिएको भए पनि थप जानकारी सार्वजनिक भएको छैन् । घटनालगत्तै राजदूतलाई अस्पतालले मृत घोषित गरेको थियो ।
https://www.youtube.com/watch?v=Y5NcOvSwv00