Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो – Gaule Khabar

डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो

डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य बढ्यो

काठमाडौं,पुस ३-

नेपाल आयल निगमले तेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ ।

डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।ग्यासको मूल्य भने पुरानै कायम राखिएको छ । हाल ग्यास एक सिलिन्डरको १३ सय २५ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार आयल निगमले तेलको मूल्य बढाएको हो । ओपेकले जनवरीदेखि कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा त्यसको असर देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका