चितवन, पुस २-
नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्टिय महाधिवेशन आज (शनिबार)देखि चितवनमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रकृतिको पुजा गरि महाधिवेशनको उद्घाटन गर्नुभएको छ ।अहिले उद्घाटन सत्र चलिरहेको छ ।विभिन्न क्षेत्रका अतिथिहरुले सुभकामना मन्तव्य दिनेक्रम जारी छ ।उद्घाटन सत्रअघि नारायणगढस्थिल पुलचोकबाट झांकीसहितको र्या्लि निकालिएको थियो ।महाधिवेशनमा यस पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी भएका छन् ।