Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन पनि १२ जिल्ला ठप्प – Gaule Khabar

५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन पनि १२ जिल्ला ठप्प

५ नम्बर प्रदेश आमहड्तालको दोश्रो दिन पनि १२ जिल्ला ठप्प

कृष्ण आचार्य

नेपालगन्ज,पुस २ –

५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध आयोजीत आमहड्तालले आज पनि नेपालगन्ज लगायत पांच नम्बर प्रदेशका १२ जिल्ला ठप्प भएका छन् । वर्दिया,नेपालगन्ज ,दाङ बुटवल, भैरहवामा बजार खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सवारी ठप्प छन् । अवरोधका कारण भित्री तथा हुलाकी मार्गमा पनि सवारीका साधन चलेका छैनन् ।नेपालगन्जमा विहानैदेखी आन्दोलनकारी चोक चोकमा वसेर प्रर्दशन गरिरहेका छन् ।विहान वेलुका वन्द खुकुलो पारिएपनि दिउसो भने कडाइ गरिएको छ ।

आन्दोलनको केन्द्रविन्दु बुटवलका चोकचोकमा संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले प्रद्धर्शन गरेका छन् । आन्दोलनमा उत्रेका युवाले रातभर पनि सडकमा नाच्ने गाउने र प्रदर्शन गरेर अवरोध गरेका थिए ।आमहडतालका कारण संघसस्था,उद्योग व्यवसाय पनि ठप्प छन् । सडकमा दूध तथा हरियो तरकारी, फलफूल बोकेका गाडी संचारकर्मीका साधन तथा एम्बुलेन्स भने चलेका छन् ।

आन्दोलनका कारण पहाडी जिल्लाहरु पाल्पा,गुल्मी,अर्घाखांची,रुकुम,रोल्पा पनि पूर्ण प्रभावित छन् । हिजो झडप भएको गुल्मी आज झन ठप्प रहेको हाम्रा सहकर्मीले वताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका