Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नयाँ बसपार्कका अनाधिकृत टहरा हटाइयो – Gaule Khabar

नयाँ बसपार्कका अनाधिकृत टहरा हटाइयो

नयाँ बसपार्कका अनाधिकृत टहरा हटाइयो

काठमाडौँ, मंसिर ३०–

काठमाडौं महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा निर्माण गरिएका टहराहरु भत्काएको छ ।

एक साता अगाडि नै अगि्रम सूचना दिएर काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रका टहरा हटाउन भनेको थियो । तर, त्यसलाई अटेर गरेपछि भत्काइएको हो । बिहीबार बिहान बसपार्क क्षेत्रमा पुगेको महानगरपालिकाको टोलीले ५१ वटा टहराहरु भत्काएको छ ।

काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभित्रको जग्गा लोत्से सहकारीलाई भाडामा दिएको छ । तर, उक्त जग्गामा सम्झौताभन्दा बाहिर गएर निर्माण भएका संरचनाका कारण यात्रुहरुलाई हिँडडुल गर्न नै समस्या भएपछि टहराहरु भत्काइएको प्रहरी नायव उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

पहिलो चरणमा अगाडिका केही टहरा भत्काएको र बाँकी अन्य टहरा पनि दोस्रो चरणमा भत्काइने महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका