Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उच्च अदालतमा ३६८ फौजदारी मुद्दा दर्ता – Gaule Khabar

उच्च अदालतमा ३६८ फौजदारी मुद्दा दर्ता

उच्च अदालतमा ३६८ फौजदारी मुद्दा दर्ता

वीरगन्ज, मंसिर ३०–

सङ्घीय संरचनाअनुसार गठन भएको उच्च अदालत, वीरगन्जमा हालसम्म तीनसय ६८ वटा फौजदारी मुद्दा दर्ता भएका छन् ।

नेपाल सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षको असोजमा गठन भएको सो अदालतले पर्सा, बारा तथा रौतहट गरी तीन जिल्लाका जनतालाई छिटोछरितो न्याय सेवा प्रदान गर्दै आएको अदालतका सहन्यायाधिवक्ता डा गोपीचन्द्र भट्टराईले बताउनुभयो ।

अदालतमा प्राप्त जानकारीअनुसार उच्च सरकारी वकिल कार्यालय, हेटौँडाबाट सरिआएका मुद्दा दुईसय १६, उच्च अदालत वीरगन्जमा दर्ता भएको मुद्दा ७८, प्रतिवादीको पुनरावेदन परी सरिआएका मुद्दा १३ र रिट निवेदकको मुद्दा १६ वटा जसमध्ये हेटौँडाबाट सरिआएका मुद्दा एक सयवटा रहेका छन् ।

यसैगरी, अदालत बन्दोबस्तको १७ नं बमोजिम दर्ता भएका मुद्दा ४७ वटामध्ये सातवटा फछ्र्यौट भएको छ । हेटौँडा अदालतबाट फछ्र्यौट भइआएका मुद्दा १४ वटा रहेका छन् । उच्च अदालत वीरगन्जको आफ्नो क्षेत्राधिकारभित्र रहेको जिल्लाका जनतालाई छिटोछरितो न्याय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप काम भइरहेको जानकारी गराइएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका