Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रहरीले ज्यादति गरेको भन्दै बन्द – Gaule Khabar

प्रहरीले ज्यादति गरेको भन्दै बन्द

प्रहरीले ज्यादति गरेको भन्दै बन्द

धनगढी, मंंसिर २३ –

नेकपा ९एमाले० र जनमोर्चाका कार्यकर्ताले बुधबार यहाँ गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको विरोधमा आज बजार बन्द गरेका छन् ।

बन्दका कारण यस क्षेत्रमा व्यापार व्यवसाय शैक्षिक संस्था ठप्प हुँदा जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण आज धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने कुनै पनि सवारी साधनसमेत सञ्चालन हुन सकेका छैनन् ।

संविधान संशोधन विधेयकको विरोधमा रहेका नेकपा ९एमाले० र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यहाँको कार्यक्रमलाई लक्षित गरी गरिएको प्रदर्शनका क्रममा झडपसमेत भएको थियो । झडपमा आफूसहित आठजना प्रदर्शनकारी घाइते भएको एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारीले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका